२२ मंसिर २०८२, सोमबार | December 8, 2025

राप्ती पुल बस दुर्घटना : सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौं । नेपाली कांग्रेसले दाङको भालुवाङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नंको बस गएराति दाङको देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु र २२ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

कांग्रेसले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ४ : ३६ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द