१९ बैशाख २०८१, बुधबार | May 2, 2024

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।

निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम तत्काल भुक्तानीका निम्ति प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले गत आर्थिक वर्षको एक अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको दायित्व छ अर्ब ३० तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकासनिर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : २० बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका