३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

असंलग्न आन्दोलनको १९औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगान्डा जाने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलनको १९औं शिखर सम्मेलनमा भाग लिन माघ ४ गते युगान्डा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको युगान्डा भ्रमणबारे औपचारिक जानकारी गराएको हो।

शिखर सम्मेलनमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन्।

असंलग्न आन्दोलनको शिखर सम्मेलन माघ ५ र ६ गते युगान्डामा हुँदै छ। शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल पनि जाने परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीको नेतृत्वमा युगान्डा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी समेत रहनेछन्।

प्रधानमन्त्री प्रचण्डले माघ ५ गते शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

माघ ५ गते नै प्रधानमन्त्री प्रचण्ड युगान्डाका राष्ट्रपति योवेरी कागुटा मुसेभेनीले शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको पराष्ट्रले जनाएको छ।

शिखर सम्मेलनअघि माघ ३ र ४ गते मन्त्रिस्तरीय बैठक बस्नेछ। शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री साउदले गर्नेछन्। परराष्ट्रमन्त्री साउद माघ २ गते युगान्डा प्रस्थान गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्ड माघ ७ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ५० बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये