२७ भदौ २०८३, शनिबार | September 13, 2026

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली प्रदेश सात विकेटले विजयी



भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा जितका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३३ दशमलब २ ओभरमा ७० बल बाँकी छँदै ३ विकेटको नोक्सानीमा १२६ रन बनाउँदै पूरा गर्यो ।

कर्णालीको जितमा हिमान्सु शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । उनले ५ चौका र २ छक्का प्रहार गरे । यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले नटआउट १० रनको योगदान दिए । बलिङमा गण्डकीका अंकीत न्यौपानेले २ तथा ९ ओभर बलिङ गरेका विपिन खत्रीले ७ मेर्डन राख्दै २ रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रनको सामान्य योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए । अगाडिका पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा छैटौं नम्बरमा आएका ब्याट्सम्यान अश्वानी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके । चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिए । यस्तै, प्रकाश जैशी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिए । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग ४ विकेटको हार भोगेको थियो । प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौं बाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ वटा खेल हुँदै छन् । सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ५७ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित