२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने



काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदै छन् । आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् ।

लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको थियो भने सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल खेल्दै छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो ।

त्यस्तै आजको दोस्रो खेल टियु क्रिकेट मैदानमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । मधेश प्रदेशले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराउदै शानदार शुरुवात गरेको छ भने त्रिभुवन आर्मी क्लबको यो पहिलो खेल हुने छ । त्यसैगरी आज तेस्रो खेल एपीएफ क्लब र कोशी प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।

एपीफले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कोशी प्रदेशले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ४३ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा