२२ भदौ २०८३, सोमबार | September 7, 2026

माघीको अवसरमा लुम्बिनी प्रदेश प्रमुख र मुख्यमन्त्रीको शुभकामना



नेपालगन्ज । माघी पर्व तथा मकर संक्रान्ति एबम् थारु समुदायको नयाँ वर्षको अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चैेधरीले छुट्टाछुट्टै शुभकामना ब्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले नेपालमा बिभिन्न समुदायले माघे संक्रान्तिलाई आ(आफ्नो परम्परा अनुसार मनाउँदै आएको उल्लेख गर्दै थारु समुदायले नयाँ वर्षकोरुपमा मनाउने गरेको जनाएका छन् । उनले मगर समुदायले तीरमा निशाना लगाउने चलाउने, कृषि बालीमा पुजा गर्ने पर्वकारुपमा मनाउँदै आएको समरण गरेका छन् । माघी पर्वले सांस्कृतिक, सामाजिक, पर्यावरण तथा सदभावपूर्ण एकताको माध्यमबाट राष्ट्रिय एकतामा बाँधिन सहयोग पुर्याएको प्रदेश प्रमुखले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री चौधरीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसास्कृक्तिक देश भएको उल्लेख गर्दै यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सस्कृति, रीतिरिवाज, रहनसहन आ(आफ्नै रहेको जनाएका छन् । उनले माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा वसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गरेको जनाउँदै सांस्कृतिक विविधतायुक्त समाजमा यो पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, स‌द्भाव र सहिष्णुता बढाउदै आएको बताएका छन् । ‘चाडपर्व र संस्कृक्तिहरुको संरक्षण तथा सम्बद्धन गर्दै पर्वलाई हर्ष, खुशी र मनोरञ्जनपूर्ण बनाउँदै वन्धुत्व, एकता र स‌द्भाव वढाउन सकोस् ।’ उनले शुभकामना बक्तब्यमा लेखेका छन् ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : ३२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा