३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार दोस्रो जित



काठमाडौं । एपीएफ क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

कोशीले दिएको १३६ रनको लक्ष्य पछाएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको शानदार पारी खेलेका थिए । रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भएका थिए । एपीएफका लागि प्रज्वल शाहीले २२ तथा सुमित महर्जनले अविजित २० रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४४.३ ओभरमा अल आउट हुदै १३५ रन बनाएको थियो । कोशीका लागि फिर्दोश अन्सारीले सर्बाधिक ५५ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर अविनाश बोहोरा र कप्तान रोहित पौडेलले ३/३ विकेट लिएका थिए भने अमर राउटेलाले २ तथा भुवन कार्की र मौसम ढकालले एक एक विकेट लिएका थिए ।

यो एपीएफको लगातार दोस्रो जित हो भने कोशी प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।अब कोशी प्रदेशले अर्को खेल मंगलबार नेपाल पुलिसको सामना गर्ने छ भने एपीएफलेविहिबार मधेश प्रदेशको सामना गर्ने छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ४८ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये