२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार दोस्रो जित



काठमाडौं । एपीएफ क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

कोशीले दिएको १३६ रनको लक्ष्य पछाएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको शानदार पारी खेलेका थिए । रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भएका थिए । एपीएफका लागि प्रज्वल शाहीले २२ तथा सुमित महर्जनले अविजित २० रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४४.३ ओभरमा अल आउट हुदै १३५ रन बनाएको थियो । कोशीका लागि फिर्दोश अन्सारीले सर्बाधिक ५५ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर अविनाश बोहोरा र कप्तान रोहित पौडेलले ३/३ विकेट लिएका थिए भने अमर राउटेलाले २ तथा भुवन कार्की र मौसम ढकालले एक एक विकेट लिएका थिए ।

यो एपीएफको लगातार दोस्रो जित हो भने कोशी प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।अब कोशी प्रदेशले अर्को खेल मंगलबार नेपाल पुलिसको सामना गर्ने छ भने एपीएफलेविहिबार मधेश प्रदेशको सामना गर्ने छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ४८ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा