१ भदौ २०८३, सोमबार | August 17, 2026

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात



भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नारायण जोशीको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा सुदूरले ५ विकेटले जित निकालेको हो ।

जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ दशमलब ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सुदूरपश्चिमको जितमा शेर मल्लले ४४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे । त्यस्तै नारायण जोशी ३० बलमा ४ चौकासहित २८ रनमा नटआउट रहे ।

सुदूरका ओपनर खड्क बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा पेभेलियन फर्किए । बलिङमा लुम्बिनीका अभिषेक गौतमले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिँदा कृष्ण कार्की र अजय चौहानको नाममा समान १-१ विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी प्रदेशले ४८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रनमा समेटिएको थियो । लुम्बिनीका प्रज्वल थापाले ६८ बलमा ४ चौकासहित सर्वाधिक ४२ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । ओपनर विराट भण्डारी २३, सम्राट भुसाल ९, मिर्नाल गुरुङ १४, मोहम्मद हुसेन २६ र दिलसाद अली १० रनमा आउट भए ।

सुदूरपश्चिमका नारायण जोशीले ९.४ ओभरमा १ मेर्डनसहित ३६ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्ट र नरेन साउदले समान २-२ विकेट लिए । नारायण जोशी प्लेयर अफ दी म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरपश्चिको भने यो पहिलो खेल र जित हो । सुदूरपश्चिमले मंगलबार कर्णाली प्रदेशसँग खेल्नेछ । लुम्बिनीले बुधबार कर्णालीसँग खेल्नेछ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : १८ बजे

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान