२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती



काठमाडौं र प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।

कोशीका लागि सुजन थपलियाले एक सय पाँच रनको योगदान गरे । उनले एक सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय पाँच रनको योगदान गरेका हुन् ।

यसैगरी, अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए । सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरे ।

पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई-दुई विकेट झारे । त्यसैगरी, राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : ५५ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा