१६ भदौ २०८३, मंगलबार | September 1, 2026

पर्वतमा विस्तार गरिँदै मकै बाली



पर्वत । पर्वतमा उत्पादनको हिसाबले मुख्य बालीका रुपमा रहेको मकैबाली विस्तार गर्न चालु आर्थिक वर्षमा रु ६६ लाख लगानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजनाका लागि उक्त रकम लगानी गर्ने भएको हो ।

मकै खेती भइरहेको जिल्लाको करिब ५० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा मकै बीउ तथा मकै बाली उत्पादनका लागि किसानलाई अनुदानस्वरुप रु ६६ लाख वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

कार्यालयका अनुसार मकै बालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवद्र्धनका लागि रु ३० लाख, बीज वृद्धि कार्यक्रमका लागि रु २० लाख, यान्त्रिकीकरण तथा पूर्वाधार निर्माणका लागि रु १० लाख र बजारीकरणका लागि रु छ लाख लगानी गर्ने भएको हो । यसमध्ये ३० हेक्टर क्षेत्रफलमा मकै बाली विस्तार गरिने भएको छभने २० हेक्टर क्षेत्रफलमा मकैको मूल बीउ उत्पादन गरिने वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार क्षेत्रफल विस्तारका लागि कम्तीमा १० घरपरिवार संलग्न भएको समूह वा सहकारीमार्फत एक सय रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने प्रावधान रहेको छ । मकैको मूल बीउ उत्पादनका लागि कम्तीमा १० परिवार संलग्न समूह वा सहकारीमार्फत २० रोपनी क्षेत्रफलमा बीउ उत्पादन गर्नुपर्ने उल्लेख छ ।

कार्यालयका अनुसार मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना कार्यान्वयन मापदण्ड २०७९ अनुसार बीउमा बढीमा ७५ प्रतिशत, सिँचाइलगायत पूर्वाधार निर्माणमा ९० प्रतिशत, यान्त्रिकीकरणतर्फ बढीमा ७५ प्रतिशत र बजारीकरणतर्फ बढीमा ५० प्रतिशत अनुदान किसानलाई वितरण गरिने भएको छ ।

मकै बाली तथा बीउ उत्पादन गर्न चाहने किसानले वडा कार्यालय वा कृषि शाखाको सिफारिस, जग्गाको लालपुर्जा वा करार सम्झौताको प्रतिलिपि, कृषक समूह, सहकारी वा साझेदारी फर्म दर्ता प्रमाणपत्र, पान वा भ्याटको प्रतिलिपि र करचुक्ता प्रमाणपत्र बुझाउनुपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी एकीकृत कार्यविधि २०७७ र मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना कार्यान्वयन मापदण्ड २०७९ मा भएको व्यवस्थाअनुसार कार्यक्रम सञ्चालन गरिने केन्द्र प्रमुख अधिकारीले जानकारी दिए ।

पर्वतमा गत वर्ष सञ्चालित उक्त कार्यक्रमअन्तर्गत ६० हेक्टर क्षेत्रफलमा १३० मेट्रिक टन मकै उत्पादन भएको थियो । मकैको बीउ साढे २३ मेट्रिक टन उत्पादन भएको थियो । पर्वतमा कूल १३ हजार नौ सय ४० हेक्टर क्षेत्रफलमा मकै बाली उत्पादन हुँदै आएको छ भने वार्षिक ३३ हजार चार सय ५० मेट्रिक टन उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । मकै बालीमा पर्वत आत्मनिर्भर हुनाका साथै वार्षिक १४ हजार मेट्रिक टन मकै निर्यातसमेत हुने गरेको कार्यालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : १९ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त