१ भदौ २०८३, सोमबार | August 17, 2026

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : नेपाल पुलिसद्वारा कोशी प्रदेश पराजित



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २३ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउदले सर्वाधिक ६२ रन बनाए । उनले ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा अबिजित रहे ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले अबिजित ३८ रन बनाए । उनले १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रन बनाए । दीलीप नाथले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ बनाए । यसैगरी कुशल भुर्तेलले १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कोशी प्रदेशले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनाएको थियो । कोशीको लागि सुजन थपलियाले एक सय ५ रनको योगदान गरे । उनले १ सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय ५ रनको योगदान गरेका हुन । यसैगरी अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए ।

सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरेका थिए । यता पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई दुई विकेट झारे । त्यस्तै राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : २८ बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको