२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिकाको शिलान्यास



बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागेको फार्मेसी बाटिकाको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

अस्पतालको प्रस्तावमा संघले ओपिडि भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्क निर्माणको लागि १० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले पार्क निर्माण गर्दा अस्पतालको सौन्दर्य, पार्कको दिगोपना र आकर्षक बनाउन सुझाव दिए ।

लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताउँदै नगरप्रमुख पाण्डेयले त्यसको लागि पहिले सबै विषयमा प्यामेडिक अध्ययन गर्ने अस्पताल बनाउन प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरे । उनले सबै विषयमा प्यामेडिक अध्ययन गर्ने अस्पताल बनाउन सकियो भने न्यून आय भएका नागरिकका छोराछोरीले पढ्न सक्ने र त्यसपछि मेडिकल कलेज बनाउनको लागि कसैले पनि रोक्न नसक्ने भनाई राखे ।

उनले अस्पतालमा विरामीलाई गर्ने व्यवहार तथा बोलीबचनले बिरामीको आधार रोग निको बनाउन सकिने बताउँदै अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई देख्दा विरामीले विश्वास गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे ।

नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष तथा फार्मेसी बाटिका निर्माण समितिका संयोजक जिल्ला अध्यक्ष गणेश सेढाईले अस्पताल सुधारको अभियानमा एउटा ईटा भएपनि थप्न सकियोस भनेर अस्पतालको प्रस्तावमा पार्क (बाटिका) निर्माण गर्न लागिएको बताउँदै बाटिका निर्माण अभियानमा सहयोग गर्न फर्मासिष्टहरुलाई आग्रह गरे । उनका अनुसार यो अभियानमा अहिलेसम्म फर्मासिष्टबाट करिव ७ लाख रुपैंयाको प्रतिवद्धता आईसकेको छ ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले अस्पतालमा बिरामीको स्वास्थ्योपचारलाई सहज बनाउन मुख्यतया सेवा सुविधा, कर्मचारीको बोली व्यवहार र त्यहाको वातावरणले प्रभाव पार्ने बताउँदै तीनवटै कुराको सुधारमा अस्पताल प्रशासनले काम गरिरहेको जानकारी गराए । उनले अस्पतालमा विभिन्न स्थानमा विभन्न प्रकासका पार्कहरु निर्माण गर्न लागिएको बताउँदै निर्माण सम्पन्न भएपछि त्यसले बिरामीलाई एकप्रकारको सकारात्मक उर्जा प्रवाह गर्ने पनि विश्वास व्यक्त गरे ।

नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले जहाँ औषधि त्यहा फर्मासिष्ट भन्ने नारा अगाडि सारेको बताउँदै तीनै तहका सरकारलाई सोही अनुसार नीति लिन पनि आग्रह गरे । उनले नेपालमा कानुनी रुपमा पनि फार्मेसी बाहेकले औषधि वितरण लगायतका गतिविधी गर्न नपाउने बताउँदै कानुनको कार्यान्वयनलाई जोड दिए ।

करिव १० लाख रुपैंया लागत अनुमान गरिएको उक्त बाटिका (पार्क) करिव तीन महिनामा निर्माण सम्पन्न हुने नेपाल फार्मेसी संघ रुपन्देहीका सचिव उदय खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : ४१ बजे

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म

कैलाली-५ मा नेकपा उम्मेदवार प्रेम आलेद्वारा २० बुँदे प्रतिबद्धता सार्वजनिक

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य

चुनबाङ पुगेर प्रचण्डले सम्झिए सशस्त्र युद्धबाट शान्तिको बाटो तय गरेको ऐतिहासिक बैठक (फोटोफिचर)

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो ।