२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलमा माघ ४ गतेदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० हुने



बुटवल । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० माघ ४ गतेदेखि शुरु गर्ने भएको छ । उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ ।

यस वर्ष सामुदायिकतर्फ २१, संस्थागततर्फ २१ गरी ४२ वटा टीम विभिन्न विधाका खेलाडी सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । उनका अनुसार गतवर्षको तुलनामा यस वर्ष सहभागी हुने टीमको संख्या बढेको छ । उनले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको जानकारी दिए ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ विधाका ५४ खेलमा ३५० विद्यार्थीले भाग लिने अध्यक्ष पियाले बताए । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउँने र खेलाडीहरुको बीमाको समेत ब्यवस्था गरिएको उनले बताए ।

प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए । प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मुल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको छ ।

यस्तै मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोश्रो हुनेलाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले उत्कृष्ट रुपमा प्रतियोगिता सञ्चालनका लागि निर्देशन दिए । उनले विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि प्रतियोगिता अवसर रहेको बताउँदै प्रतियोगितालाई नियम संगत अनुशासन ढङ्गले सञ्चालन गर्दै राष्ट्रिय प्रतियोगितासरह बनाउन आग्रह गरे । उनले बुटवलले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउँदै छिटै नै विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए। उनले खेलमैदान निर्माणलाई पनि विशेष जोड दिएको बताए ।

प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्‍यालीको मूल्याङ्कनको आधारमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिव प्रेम बस्नेतले जानकारी दिए।प्रतियोगिता माघ ४ गते बिहीबार बिहान ११ बजेदेखि बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु हुने उनले बताए ।

गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो । प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोश्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेश्रो भएका थिए ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिका वडा नंम्बर ४ का अध्यक्ष नरिश्वर पौडेल, वडा नम्बर ५ का अध्यक्ष हरि प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको उपश्थिती रहेको थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ५ : ०८ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको