३१ भदौ २०८३, बुधबार | September 17, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

यस्तै, समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स सम्बन्धी अहिलेसम्म भएका अध्ययन, विभागहरूको रिपोर्ट लगायत विषय पनि छलफलका एजेण्डा छन् ।

बैठकमा दुईसाताअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गरिएको नारायणगढ-बुटवल ११३ किलोमिटरको विकास आयोजना पदयात्राका विषयमा पनि छलफल हुने बताइएको छ । यस्तै आगामी दिनमा गर्न लागिएको विकास आयोजना पदयात्राका बारे कुराकानी हुनेछ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : २० बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै