४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

यस्तै, समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स सम्बन्धी अहिलेसम्म भएका अध्ययन, विभागहरूको रिपोर्ट लगायत विषय पनि छलफलका एजेण्डा छन् ।

बैठकमा दुईसाताअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गरिएको नारायणगढ-बुटवल ११३ किलोमिटरको विकास आयोजना पदयात्राका विषयमा पनि छलफल हुने बताइएको छ । यस्तै आगामी दिनमा गर्न लागिएको विकास आयोजना पदयात्राका बारे कुराकानी हुनेछ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : २० बजे

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति

देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा