९ पुस २०८२, बुधबार | December 24, 2025

पहिचानको विषय समाधान हुन्छ : कृष्णप्रसाद सिटौला



भोजपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताएका छन् ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै नेता सिटौलाले राष्ट्रियसभाको निर्वाभन पश्चात् यस विषयमा छलफल हुने बताए ।

“यति ठुलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो । पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ”, सिटौलाले भने, “माघ ११ गतेको निर्वाचन पश्चात् राष्ट्रियसभाले पूर्णता पाउने छ । पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्ने छौँ ।” उनले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गरे ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्”, नेता सिटौलाले भने । राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकामा उनले जोड दिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १ : ३२ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)