१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मगर महिलालाई नेतृत्व तालिम



बुटवल । बुटवल नगरभित्र रहेका मगर समुदायका महिलाहरुलाई लक्षित गरि एक दिन तालिम दिईएको छ । मल्टि स्पेशलिष्ट सेन्टर भुपु सैनिक डेन्टल प्रालि र एडमण्ड सिटी हस्पिटल प्रालिको आर्थिक सहयोगमा नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिको आयोजनामा १९ वटै वडाका आफ्ना सदस्यहरुलाई संस्थागत तथा नेतृत्व विकास विषयक एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच नेपाल महिला मगर संघका केन्द्रीय अध्यक्ष हिरुसरा रानाले समुद्घाटन गर्दै विधिविधानमा राखेर संस्थागत विकास गर्दै सात प्रदेशमै समिति गठन गर्दै आएको बताए । राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा बढिभन्दा बढि महिला प्रतिनिधित्व बढाउने गरि सक्षम महिला नेतृत्व विकासको अभियानमा आफुहरु लागेको उनले बताईन ।

भाषा, संस्कार, संस्कृतिलाई संरक्षण गर्दै नया पुस्तामा पुस्तान्तरणको अभियानमा पहिलो प्राथमिकता भएको उनले बताईन । संस्थामा रहदा हरेकले विधिविधानलाई अनिवार्य पालना गर्न जरुरी हुने भन्दै मर्यादित र ब्यवस्थित गर्ने कामलाई जोड दिनुपर्ने उनले बताईन । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज धनी आलेले सिक्ने र सिकाउने क्रममा आफुहरु रहेको बताईन । सिकेका कुरा ब्यवहारमा उतार्न सकेमात्र तालिम सफल हुने उनले बताईन । ब्यक्ति ब्यक्ति मिलेर संगठन बन्ने र यसबाट समुदायको आवश्यकतालाइ पूरा गर्ने उनले बताईन ।

कार्यक्रममा नेपाल मगर नेपाल मगर महिला संघका केन्द्रीय सदस्य मधु रानाले केही नया कुरा बुझ्ने र सिक्ने रुपमा कार्यक्रम गरिएको बताईन । मगर महिलाहरुलाई संस्थागत नेतृत्व आजको आवश्यकता भएको भन्दै सिकाईलाई निरन्तरता दिन सुझाव दिए । मगर संघको विषयमा देखिएको विबाद समाधान गरेर अघि बढ्न जरुरी रहेको उनले बताए । कार्यक्रममा नेपाल महिला मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धन कुमारी राना, केन्द्रीय उप-महासचिव चित्रा श्रीष, नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिका सल्लाहकार कुमारी थापा, नगरका सचिव तिर्थ कुमारी सोमरेले संस्थाको लक्ष्य एउटै हुदा आफुहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा नगर अध्यक्ष गौरिमाया थापाले वडास्तरमा रहेका महिलाहरुको क्षमता अभिवृद्धि गर्न तालिममा नेतृत्व, संस्थागत विकास र द्वन्द ब्यवस्थापनका विषयमा प्रशिक्षण दिईएको बताईन । यसैबिच दन्त सेवामा लामोसमयदेखी चिकित्सा क्षेत्रमा योगदान दिएकी लुम्बिनी प्रादेशिक अस्पतालकी विशेषज्ञ डा वर्षा थापालाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ४ : ५७ बजे

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल