२९ चैत्र २०८२, आइतबार | April 12, 2026

रुपन्देहीका ब्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम माग्ने ३ जना पक्राउ



चितवन । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख रकम माग गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने २७ वर्षीय सरोज सुनार, वडा नं १ बस्ने  २६ वर्षीय दीपक बि.क र वडा नं २६ बस्ने २५ वर्षीय सागर बि.क रहेका छन् ।

उनीहरूले गत पुस २८ गते रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका वडा न १ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम माग गरेको र यदि नदिएमा सुट गरी मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

रकम फिरौती र ज्यान मार्ने धम्की पटक पटक दिएको भनी निवेदन प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमान्डमा विशेष प्रहरी टोली परिचालित गरी विभिन्न प्रविधि को प्रयोग तथा सूचना सङ्कलन तथा शङ्कित व्यक्तिको निगरानी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । धाक धम्की दिई रकम माग गर्ने व्यक्ति तथा सो कार्यमा संलग्न मानिसहरूको पहिचान तथा खोजतलास गर्ने क्रममा उनीहरूलाई मङ्गलवार भरतपुर महानगरपालिका स्थित विभिन्न स्थानबाट माग बमोजिमको फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनीहरूलाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : ५० बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्