१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ



काठमाडौं । बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर-९ का वडाध्यक्ष नृपेश बादे रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बादेलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो । अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेलाई भक्तपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरिएको हो ।

बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनको खोजीमा पुगेको थियो । ‘उहाँलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता घिमिरेले भने । बादेको साथबाट स्रोत नखुलेको रकम पनि बरामद भएको घिमिरेले जानकारी दिए ।

बादेको साथबाट जापानिज येन १० हजार, अमेरिकी डलर एक सय, हुन्डाइको आई-१० कार बरामद भएको छ । कार चालक बदमबहादुर प्रधानसमेतलाई पक्राउ गरिएको घिमिरेले बताए । पक्राउ परेका घिमिरेलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको घिमिरेले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : १९ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत