२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ



काठमाडौं । बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर-९ का वडाध्यक्ष नृपेश बादे रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बादेलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो । अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेलाई भक्तपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरिएको हो ।

बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनको खोजीमा पुगेको थियो । ‘उहाँलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता घिमिरेले भने । बादेको साथबाट स्रोत नखुलेको रकम पनि बरामद भएको घिमिरेले जानकारी दिए ।

बादेको साथबाट जापानिज येन १० हजार, अमेरिकी डलर एक सय, हुन्डाइको आई-१० कार बरामद भएको छ । कार चालक बदमबहादुर प्रधानसमेतलाई पक्राउ गरिएको घिमिरेले बताए । पक्राउ परेका घिमिरेलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको घिमिरेले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : १९ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो