१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानमन्त्री कप क्रिकेट : कोशीमाथि आर्मी ९ विकेटले विजयी



काठमाडौं । त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले दिएको ८९ रनको लक्ष्य पछाएको त्रिभुवन आर्मी क्लबले ९।५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

आर्मीको जितमा इमरान सेख र सन्तोष कार्कीले ३२/३२ रन बनाएका थिए भने कुशल मल्लले २२ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुदै ८८ रन बनाएको थियो ।

कोशीका लागि कप्तान अंकित सुबेदीले सर्बाधिक ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

कोशीलाई कम रनमा अल औअत गर्ने क्रममा आर्मीका बलर शाहाब आलमले ६ विकेट लिएका थिए । आलमले ६।४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए ।

योसँगै आर्मीले जारी प्रतियोगितामा तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार चौथो हार बेहोरेको छ ।

अब कोशी प्रदेशले अर्को खेल शुक्रबार बागमती प्रदेशसँग टियु मैदानमा खेल्ने छ भने आर्मीले आइतबार नेपाल पुलिस क्लबसँग भैरहवामा खेल्ने छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १ : २८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्