२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

कपडाको कारोबार देखाएर हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गर्ने अग्रवाल पक्राउ



काठमाडौं । हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन्। क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।

उनीहरूको साथबाट विभागले दुई करोड तीस लाख नेपाली रकम र दुई हजारजति डलर बरामद भएको ढुंगानाले जानकारी दिए। बिहीबार बेलुकाबाट विभागले विशेष अपरेसन चलाएर राति उनीहरूलाई पक्राउ गरेको ढुंगानाले बताए।

अग्रवाल क्षेत्रपाटीका कपडा व्यवसायी हुन्। उनको क्रिप्टोकरेन्सी, हुण्डी, सुनको शंकास्पद कारोबार रहेको बुझिएको छ। ‘अवैधानिक कारोबारबारे अहिले अनुसन्धान भइरहेको छ, हामी रकम र कारोबारको कनेक्सनबारे अनुसन्धान गरिरहेका छौं,’ ढुंगानाले भने।

शंकास्पद अन्य तीन व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दैविभागले नाम खुलाएको छैन।

विभागले बरामद रकम गणना चलिरहेको उनले बताए। ‘दुई हजारजति डलर बरामद भएको छ, अहिले गन्ती गरिरहेका छौं,’ उनले भने।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : १२ बजे

संयोजक थापाले बुझाए ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो

काठमाडौँ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नेपालतर्फका संयोजक

भारतीय वायुसेवा कम्पनीलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न आग्रह

भैरहवा । नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

बजेटअघि आयात गरिएका “बीवाईडी” गाडीबारे साइमेक्सको स्पष्टिकरण, ‘सबै प्रक्रिया कानुनअनुसार’

काठमाडौं । नेपालमा “बीवाईडी” विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क