१२ बैशाख २०८३, शनिबार | April 25, 2026

प्रधानमन्त्री कप क्रिकेट : बागमतीले कोशीलाई दियो दुई सय ७४ रनको चुनौती



काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनायो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे । उनले कूल १६ चौका र २ छक्का प्रहार गरे ।

त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरे ।

कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई÷दुई विकेट झारे । त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १ : २८ बजे

अवैध संरचना हटाउने अभियान मानवीय ढंगले अघि बढाइने : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका

सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका