३० भदौ २०८३, मंगलबार | September 15, 2026

अक्सफोर्ड मावि बुटवल ११ र १२ का विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न



बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड मा.विमा शुक्रबार कक्षा ११ र १२ हाेटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बाेल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयाेगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए ।

प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुकाे प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपकाे प्रयाेग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिन कार्यकम आयोजना गरेको बताए ।

२०५९ सालमा स्थापना भएको यश मा. विमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा २५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् । विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । खाना महोत्सव कार्यक्रममा विभिन्न ६ ओटा स्टलहरू रहेका थिए । जसमा मम, पिजा, बर्गर, जस्ता परिकारहरू रहेका थिए। करिब छ हजारकाे उपस्थितिमा भएको कार्यक्रममा छ लाख बराबरकाे आर्थिक काराेबार भएको प्राध्यापक गाेकर्ण खरेलले बताए ।

उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू समेत प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए । खाना महोत्सव कार्यक्रमबाट करिब २ लाख जति नाफा भएको हुंदा उक्त नाफा समेत विद्यार्थीहरूले बाडने प्राध्यापक सुमन भुसालले बताए ।

कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली, क्याम्पस प्रमुख मनाेज मरासिनी, क्याम्पस अध्यक्ष दुर्गादत्त भण्डारी, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ललित खरेल लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : १६ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा