१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अक्सफोर्ड मावि बुटवल ११ र १२ का विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न



बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड मा.विमा शुक्रबार कक्षा ११ र १२ हाेटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बाेल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयाेगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए ।

प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुकाे प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपकाे प्रयाेग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिन कार्यकम आयोजना गरेको बताए ।

२०५९ सालमा स्थापना भएको यश मा. विमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा २५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् । विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । खाना महोत्सव कार्यक्रममा विभिन्न ६ ओटा स्टलहरू रहेका थिए । जसमा मम, पिजा, बर्गर, जस्ता परिकारहरू रहेका थिए। करिब छ हजारकाे उपस्थितिमा भएको कार्यक्रममा छ लाख बराबरकाे आर्थिक काराेबार भएको प्राध्यापक गाेकर्ण खरेलले बताए ।

उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू समेत प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए । खाना महोत्सव कार्यक्रमबाट करिब २ लाख जति नाफा भएको हुंदा उक्त नाफा समेत विद्यार्थीहरूले बाडने प्राध्यापक सुमन भुसालले बताए ।

कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली, क्याम्पस प्रमुख मनाेज मरासिनी, क्याम्पस अध्यक्ष दुर्गादत्त भण्डारी, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ललित खरेल लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : १६ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको