२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

न्याय मर्न नदिने गरी काम गर्नुपर्छः न्यायाधीश प्रधान



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बेञ्च र बारबीच समन्वय गरी न्याय मर्न नदिने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

उच्च अदालत बार एशोसिएशन पाटनको २७औँ वार्षिक साधारणसभामा आज न्यायाधीश प्रधानले कुनै विषयमा समस्या भए मिलेर समाधान गर्नुपर्ने तर न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताएकी हुन् । उनले छिटो छरितो न्यायका लागि बारको समन्वय, सहयोग र समझदारीको भूमिका महत्वपूर्ण हुने र आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताइन् ।

नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुनविपरीत न्यायाधीश बढुवा गरिएको दाबी गर्दै सो विषयमा बारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले नेपालको न्यायालयको साख जोगाउन स्वतन्त्र र पारदर्शी ढङ्गले काम गर्नकै लागि बार जरुरी भएको बताए ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले पुराना मुद्दाको पेसी स्थगन नगर्ने, बार र बेञ्चको सम्बन्ध सेवाग्राहीको हितमा हुनुपर्नेमा अदालतले ध्यान दिएको बताए । उनले फैसला लेखनलाई तीव्रता दिने र फैसला लेखनलाई दुई महिनाभित्रै सक्ने प्रत्यन्त भइरहेको जानकारी दिए ।

स्वतन्त्र, सक्षम, निष्पक्ष तथा विकृति र विसंगतिरहित न्यायपालिका, विधिको शासन, मानव अधिकारका विषयमा बारले निरन्तर खबरदारी गर्दै आएको भए पनि हालैका दिनमा यसको मर्मविपरीत काम भइरहेकाले स्वतन्त्र न्यायपालिकाको गरिमामा आँच पुग्न गएको बारको दाबी छ ।

बारले गत असोज १ गते जारी भएको न्याय परिषद् नियमावली, २०७४ ( पहिलो संशोधन, २०८० ले न्यायाधीशको वृति विकास र क्षमतामा प्रभाव पार्ने गरी न्यायाधीशहरुको रोलक्रममा फेरबदल हुने कार्य भएको दाबी गर्दै त्यसलाई खारेज गरी साविककै व्यवस्था कायम राख्न तथा संविधानको मर्मविपरीत नहुने गरी संशोधन गर्न न्याय परिषदसँग माग गरेको छ ।

बारले अदालतमा कारबाही चलिरहेको तथा अनुसन्धानका क्रममा रहेका मुद्दाका सम्बन्धमा अदालतबाट न्याय निरुपण नहुँदै मुद्दाको अनुसन्धान तथा सुनुवाइमा प्रतिकूल असर पर्ने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : १२ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्