४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

महिलाहरुको लगानीमा रुपन्देहीको तिलोत्तमामा ओम महिला तथा बाल अस्पताल स्थापना



बुटवल । महिलाहरुको लगानीमा रुपन्देहीको तिलोत्तमामा ओम महिला तथा बाल अस्पताल स्थापना भएको छ । तिलोत्तमा-४ ड्राइभरटोलमा स्थापना भएको यो अस्पतालमा अधिकांश महिलाहरुको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरुले नै लिएका छन् ।

स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पतालमा सुत्केरी आमाहरु, नवजात शिशु बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको अस्पतालकी मेडिकल सुपेरिटेन्डेन डा. शर्मिला शर्माले जानकारी दिइन ।

गत जेष्ठबाट निःशुल्क सेवा र श्रावणबाट नियमित सेवा दिईरहेको बताउँदै डा. शर्माले आगामी दिनमा एक सय शैय्यामा बिस्तार गरिने शर्माले जानकारी गराइन । हाल सम्म १७ सय बढीलाई सेवा प्रदान गरिसकेको यो अस्पतालबाट सुलभ, सुपथ र गुणस्तारीय सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताइन ।

अस्पतालमा अहिलेसम्म १० करोड बढी लगानी भएको र २५ जनाको शेयर रहेको अध्यक्ष शारदा तिवारीले जानकारी दिइन् । यस अस्पतालमा २१ जना महिला र ४ जना पुरुषको मात्रै सेयर पूँजी रहेको छ ।

अस्पतालमा प्रसूती सम्बन्धि सम्पूर्ण सेवा, खोप, एनआईसियू ओपिडी, २४ सैं घण्टा इमर्जेन्सी अपरेशनसेवा, २४ सै घण्टा इमर्जेन्सी, औषधि पसल, २४ सै घण्टा प्रयोगशाला (daboratory) सेवा, २४ सै घण्टा जनरल बेड र क्याविनहरुको सेवा सञ्चालनमा रहेको प्रवन्ध निर्देशक कमदा मल्ल हमालले जानकारी दिइन् ।

६५ जना कर्मचारीहरु कार्यरत अस्पतालमा सम्पूण प्रयोगशाला ओ टी सेट अप, एक्स-रे सेवा, अल्ट्रासाउण्ड सेवा, गाइने सेवा म्यान्टिलेटर सहितको एनआईसियू सेवासँगै ल्याप्रोस्कोपी (दुरभिनद्वारा गरिने सल्यक्रिया सेवाहरु) पनि उपलब्ध रहेको छ । अस्पतालको आइतबार तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाडबाट औपचारिक समुद्घाटन गरिँदै छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ३ : ०४ बजे

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको

मुग्लिन-मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा