२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कतारबाट आएका झापाका युवक आधा किलो सुनसहित त्रिभुवन विमानस्थलमा पक्राउ



काठमाडौं । त्रिभुवन विमानस्थलबाट ४९९ ग्रामसहित एक जना पक्राउ परेका छन् । कतार एयरको जहाजबाट दोहा हुँदै काठमाडौं आएका झापाका २३ वर्षीय खगेन्द्र भण्डारीलाई भन्सार कार्यालयले पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार दर्जीलाई बिहान १० बजे पक्राउ गरिएको हो । त्रिभुवन भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको पाण्डेले बताए ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा लगिएकोमा भन्सारले प्रहरी वृत्त गौशालाको हिरासतमा पठाएको छ ।

उनले कसको लागि सुन ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको पाण्डेले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ पाण्डेले भने, ‘गौशाला वृत्तको हिरासतमा पठाएका छौं ।’

त्रिभुवन विमानस्थलमा पछिल्लो समय सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : ३० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल