४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छ : पूर्वमन्त्री भूसाल



काठमाडौं । पूर्वमन्त्री पम्फा भुसालले पछिल्लो समयमा नेपाली समाजमा नकारात्मक बढ्दै गएको हुँदा सकारात्मकतर्फ जनमत निर्माण गर्नुपर्ने बताएकी छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उनले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताइन् ।

“विश्व सूचना प्रविधिको विकासले सबैले उपयोग गर्न पाएका भए पनि पुँजीवाद र सम्राज्यवादीहरू यसको दुरुपयोग गरी नागरिकमा नकारात्मक धारणा उत्पन्न गरिरहका छन्”, पूर्वमन्त्री भूसालले भनिन्, “प्राप्त उपलब्धि रक्षाका लागि समाजमा सकारात्मकता जगाउन जरुरी छ ।” उनले समाजवादतर्फ जनमत निर्माण गर्न नेपालमा पनि माओवादीले दशवर्षे सशस्त्र आन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको स्मरण गरिन् ।

नेत्री भुसालले लेनिनले तत्कालीन साम्राज्यवाद र पुँजीवादविरुद्ध क्रान्ति गरेको स्मरण गर्दै लेनिनले शान्तिपूर्ण तरिकाले राज्यसत्ता एक वर्गबाट अर्को वर्गमा नजाने विचार राखेको बताइन् ।

राजनीतिज्ञ टङ्क कार्कीले मार्क्सवाद तथा लेनिनवादले राज्यसत्तामा रहने र सर्वहाराबीचको खाडल कम गर्नका लागि श्रमिकलाई साथमा लिएर हिँड्नुपर्ने चेत दिएको बताए । उनले अहिले पनि पुँजीपति वर्ग र श्रमजीवी वर्गमा खाडल बढ्दै गएको विश्लेषणसमेत गरे ।

विश्लेषक सङ्गीत श्रोताले मार्क्सवादसँगै जोडेर लेलिनलाई हेरिनुपर्ने र नेपाली समाजमा आज पनि वर्गीय हिसाबले ठूलो खाडल बन्दै जाँदा लाखौँ युवा विदेशिन बाध्य भएको बताए । उनले देशमा रोजगारीको अवसर नभएकै कारण युवा विदेशिएका छन् भन्ने कुरा राज्यसत्तामा बस्नेले हेक्का राख्नुपर्ने धारणा राखे ।

“नेपाल पछिल्लो पाँच वर्ष हेर्दा नेपाल कम्युनिष्ट पार्टी सत्तामा गयौँ तर ठीकठाक हुँदाहुँदै पनि काम गर्न सकिएन”, उनले भने, “आमजनताबाट निराशा प्रकट भएको छ तर समाधान गर्ने राज्यसत्ताको ध्यान छैन, आज गरिखाने गर्वको पार्टी नै छैन ।”

लेनिन बितेको एक सयऔँ स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : १९ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको