४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

गोरखाको धार्चे गाउँपालिकामा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण



गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुआत गरिएको छ । पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

लामो समयदेखि अव्यवस्थित रहेका बसोबासीलाई राष्ट्रिय भूमि आयोगले गाउँपालिकामार्फत निस्सा वितरण गरेको उनले बताए । “गाउँपालिकामा वडा नम्बर ७ लापुबाट अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न थालिएको छ”, उनले भने, “पालिकाभित्रका सबै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई क्रमशः निस्सा वितरण गर्दै जानेछौँ ।”

अध्यक्ष गुरुङले प्रारम्भिक चरणमा लापुमा रहेका बाह्र घरधुरी अव्यवस्थित परिवारलाई निस्सा वितरण गरिएको उनले बताए । “प्रक्रिया पुगेकालाई निस्सा वितरण गरिएको छ”, उनले भने, “अब जग्गा नापजाँच लगाएका काम सकिएपछि लालपुर्जा वितरणको काम सुरु हुन्छ ।” निवेदन परेकामध्येबाट वास्तविक अव्यवस्थित बसोबासीको पहिचान गरी निस्सा वितरण गरिएको उनको भनाइ छ । लालपुर्जा पाउने आशामा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थित बसोबासीलाई निस्सा पाएसँगै अब छिट्टै थप प्रक्रिया पूरा गरेर लालपुर्जा प्राप्त गर्ने जनाउँदै खुसी भएका छन् ।

आयोगले अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायतका बिभिन्न आधारमा राजस्व लिएर जग्गा उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले भने जग्गा प्राप्त गर्दा राजस्व तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २४ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

उज्यालोका इन्जिनियर सुरज पाण्डे : प्रविधि, ऊर्जा र राजनीतिक परिवर्तनको संगम

बुटवल। समयको चक्रसँगै राजनीति पनि रूपान्तरणको चरणमा छ। परम्परागत अनुहार

सेना दिवसमा अमेरिकी सेनाको परेडप्रति माओवादीको आपत्ति, सरकारसँग स्पष्ट धारणा माग

काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसका अवसरमा काठमाडौंको सैनिक

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं ।। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर

सेतोपाटीमाथि कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं. ३ को निर्वाचन