२० माघ २०८२, मंगलबार | February 4, 2026

कोहलपुरका बिद्यालयहरुमा अवदेखि स्थानीय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ पढाई हुने

स्थानीय पाठ्यपुस्तक तयारी गरी कार्यान्वयनमा ल्याउने कोहलपुर नगरपालिका बाँकेको पहिलो पालिका



कोहलपुर । कोहलपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले अवदेखि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ पढ्न पाउने भएका छन् । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेरे स्थानीय पाठ्याक्रम लागु गरेसँगै कोहलपुर नगरपालिका अन्तर्गतका बिद्यालयहरुमा अध्धयनरत बिद्यार्थीहरुले हाम्रो कोहलपुर पढ्न पाउने भएका हुन् ।

कक्षा १ देखि ५ सम्मका लागि तयार उक्त पाठ्यपुस्तक आज एक कार्यक्रमकाबीच सार्वजनिकरण गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय विज्ञहरुको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागिमात्रै नभएर कोहलपुरबासी सबैका लागि उपयोगी भएको बताए । उनले कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाए ।

पुस्तकले स्थानीय भाषा, कलासंस्कृति, भुगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारी लगायत बालबालिकालाई श्रम, र्सिजना र जेष्ठ नागरिकप्रतिको सम्मान गर्ने तवरतरिका समेत सिकाएको उनले उल्लेख गरे ।

नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुरको पहिचानका लागि स्थानीय पाठ्यपुस्तक उपयोगी भएको बताइन् । उनले आफु बसेको भुगोल, पहिचानबारे हरेक विद्यार्थीलाई जानकारी हुनु अपरिहार्य रहेको समेत बताइन् ।

पाठ्यपुस्तक सार्वजनिक गरिएसँगै चालू शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाइ हुने शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिए । सातवटा एकाइ र विभिन्न पाठ समेटेर हाम्रो कोहलपुर पुस्तक तयार पारिएको उनले बताए ।

मिजारका अनुसार पुस्तकमा कोहलपुरको परिचय, कोहलपुरमा मानवनिर्मित सम्पदाको महत्व र विशेषताहरु, हाम्रा विकासका पूर्वाधारहरु, हाम्रो पेशा, व्यवसाय र प्रविधि, खुसीका लागि शिक्षा र जीवनपयोगी सिप, हाम्रो वातावरण र विपद् व्यवस्थापन लगायतका बिषयलाई समेटेर पाठ्यपुस्तक तयार पारिएको छ ।

विज्ञ ऋषि शर्माले स्थानीय स्रोतसाधन, स्थानीय विज्ञ र स्थानीय विषयलाई समेटेर पुस्तक तयार पारिएको बताए । ‘कक्षा १ देखि ५ सम्मनै सात एकाइ छन् । तर विषयवस्तुको गहिराईलाई कक्षा अनुसार बढोत्तरी गरिएको छ ।’उनले भने ।

कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमाल, विज्ञहरु खोपीराम वली, सुमित्रा न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा पुस्तक निर्माणमा योगदान पु¥याएको भन्दै विज्ञहरुलाई सम्मानित समेत गरिएको थियो ।

स्थानीय पाठ्यपुस्तक तयारी गरी कार्यान्वयनमा ल्याउने कोहलपुर नगरपालिका बाँकेको पहिलो पालिका बनेको छ । अन्य पालिकाहरुले मातृभाषामा पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याएपनि स्थानीय पाठ्यपुस्तक भने कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ०१ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको