२ भदौ २०८३, मंगलबार | August 19, 2026

प्रधानमन्त्री कप क्रिकेट : ललितको ५ विकेटमा पुलिसको चौथो जित



भैरहवा । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्दै पुलिसले लगातार चौथो जित निकालेको हो । एपीएफले भने लगातार दोस्रो हार बेहोरेको छ ।

बायाँ हाते स्पिनर ललित नारायण राजवंशी चम्किँदा पुलिसको जित सहज भयो । ललतिले ८ ओभरमा मात्र ८ रन खर्चेर ५ विकेट लिए । पुलिसले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो । एपीएफका लागि सन्दीप जोरा ६७ बलमा २५ रन जोड्दै नटआउट रहे । उनले २ चौका प्रहार गरे । निकै खराब सुरुवात गरेको एपीएफ एक समय ४०–७ को स्थितिमा थियो । अमर रौतेला र सन्दीपले आठौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर अमर ललितकै बलमा क्याच आउट भएपछि पुलिस जिततर्फ अग्रसर भयो । अमरले ५४ बलमा ३ चौकासहित २३ रन जोडे ।

प्रदीप ऐरीलाई सातौं ओभरमा गुमाएपछि सुरु भएको विकेट पतन रोक्न नसक्दा एपीएफ हारको सामना गर्न पुग्यो । प्रदीप ४ रन जोड्दै ललित राजवंशीको बलमा कुशल भुर्तेलबाट स्लिपमा क्याच आउट भए । पुरण विक १ रन जोड्दै रनआउट हुँदा प्रज्वल शाही १३ रन जोड्दै ललितकै बलमा क्याच आउट भए । त्यसपछि लोकेश बम र कप्तान रोहित पौडेल कुनै रन नथपी पेभेलियन फर्कंदा एपीएफ २५–५ को स्थितिमा पुग्यो । सुमित महर्जन २ र भुवन कार्की ४ रन जोडेर आउट भए । मौसम ढकाललाई ललितले दोस्रो बलमा बोल्ड गरे । अन्त्यमा रमेश कुर्मी रनआउट भएपछि पुलिसको जित पक्का भएको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । खराब मौसमका कारण ४९ ओभरमा घटाइएको खेलमा पुलिस ४१ ओभरमा अलआउट भयो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन जोडे । पहिलो ओभरमा सुनिल धमलालाई शून्यमा गुमाएको पुलिसले दोस्रो विकेटका लागि राम्रो साझेदारी पायो । दिलीप र अर्जुन साउदले ७६ रनको साझेदारी गरेका थिए । दिलिप ६३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै रोहितको शिकार बने । त्यसपछि भने एपीएफले लगातार विकेट लियो ।

अर्जुन साउदले ३१, शंकर रानाले २२ र दीपेन्द्रसिंह ऐरीले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल भुर्तेल र करण केसी डक आउट हुँदा अमित श्रेष्ठ ८, रशिद खान ५ र ललित राजवंशी ४ रनमा आउट भए । एपीएफका भुवन कार्कीले ३ विकेट लिँदा अमर रौतेला र रमेश कुर्मीले २–२ विकेट लिए । पुरण विक, रोहित पौडेल र मौसम ढकालले समान १–१ विकेट लिए । पुलिसका ललित प्लेयर अफ द म्याच भए । एपीएफ यस हारसँगै ४ खेलमा ४ अंकसाथ पाँचौ स्थानमा छ । पुलिस भने ४ खेलमा ४ जित दर्ता गर्दै ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : ०४ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति