१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

माछापुच्छ्रे बैंकले गर्यो प्रदेशका सरकारी विद्यालयलाई पूर्वाधार निर्माणमा सहयोग



काठमाडौ । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।

बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहा स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरि बैंकले बाग्मती प्रदेशको का.म.न.पा. वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ ।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो ।

२८९ जना विद्यार्थी एंव १८ जना शिक्षक/कर्मचारी कार्यरत त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या भोगिरहेको छ भने १८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहनु परेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : ५० बजे

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच