१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-७ सिफल डेरा गरी बस्ने तनँहु घर भएकी ५४ वर्षीया रूक्मा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९३ हजार २ सय रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

ओखलढुंगा, सिद्धिचरण नगरपालिका-११ मिलनचोक बस्ने ५० वर्षीय कोटिका बहादुर गिरीको माया होटलमा जुवातास खेलिरहेको अवस्थामा गिरीसहित ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ०४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्