३ भदौ २०८३, बुधबार | August 19, 2026

पोखरामा दूध बोकेको गाडी दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते



काठमाडौं । पोखरामा दूध बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३  न. को दूध बोक्ने सिङ्गल क्याप बोलेरो नियन्त्रण गुमाई सडकको दाँयातर्फ अन्दाजी २० फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी चालक पोखरा महानगरपालिका–१८ ग्यारजाती बस्ने वर्ष ४९ को कृष्णबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने वर्ष ६९ की हिमकला थापा (टाउकोमा चोट) र वर्ष ७० की चन्द्रकला थापा (ढाडमा चोट) घाइते भएका छन्। घाइतेहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ०३ बजे

टोखा-छहरे सडक राति बन्द हुने

त्रिशूली । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवसको नारा तय

काठमाडौं । सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का