१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पोखरामा दूध बोकेको गाडी दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते



काठमाडौं । पोखरामा दूध बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३  न. को दूध बोक्ने सिङ्गल क्याप बोलेरो नियन्त्रण गुमाई सडकको दाँयातर्फ अन्दाजी २० फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी चालक पोखरा महानगरपालिका–१८ ग्यारजाती बस्ने वर्ष ४९ को कृष्णबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने वर्ष ६९ की हिमकला थापा (टाउकोमा चोट) र वर्ष ७० की चन्द्रकला थापा (ढाडमा चोट) घाइते भएका छन्। घाइतेहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ०३ बजे

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न