३ भदौ २०८३, बुधबार | August 19, 2026

पहिलो नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक हुन गइरहेको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला ब्याडमिन्टन संघ बाँकेको आयोजनामा भोलि (बिहिबार)बाट नेपालगन्ज रङ्गशालाको कभर्डहलमा संचालन हुने ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ ।

प्रतियोगिताका लागि अन्तराष्ट्रिय अम्पायर तथा चिफ कोचहरुको टिम नेपालगन्ज आइसकेको र प्रतियोगिताका लागि आवश्यक तयारी पुरा भएको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजय थापाले बताए । उनले बिगतमा बाँकेले मात्र १८ पुरुष र ४ महिला अन्तराष्ट्रिय ब्याडमिन्टनको खेलाडी जन्माएको स्मरण गर्दै प्रतियोगिताले बाँकेको पुरानो शाख फर्काउने दाबी गरे ।

आयोजकका अनुसार १३ गते सम्म संचालन हुने प्रतियोगिताको बिहिबार बिहान ९ बजे लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उदघाटन गर्नेछन् ।

प्रतियोगितामा देशभरीबाट समुह र एकल गरि १४४ दर्ता भइसकेको र २५० खेलाडीहरु नेपालगन्जमा आइसकेको संघका सचिव भक्तबहादुर गोदारले बताए । आज रातभरी थप खेलाडीहरु थपिने सम्भावना कायम रहेको उल्लेख गर्दै उनले १९ वर्ष मुनी समुहका अन्तराष्ट्रिय बिजयता प्रिन्स दाहालको समेत कार्यक्रममा सहभागीता रहने जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदका ब्याडमिन्टन कोच अनिल लाखेका अनुसार प्रतियोगितामा पाँच वटा विधामा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल, ४५ प्लस भेट्रान्स डबल खेल समावेश गरिएको छ । खेललाई रोचक र प्रभावकारी बनाउन राष्ट्रिय स्तरका १५० खेलाडीहरुले भाग लिने पक्का भएको लाखेले जानकारी दिए । प्रतियोगितालाई स्वच्छ तथाप्रभावकारी ढंगबाट संचालनगर्नको लागि अन्तराष्ट्रिय स्तरका रेफ्री उदय अर्याल र किरण रन्जीतकारको नेपालगन्जमा आगमन भइसकेको लाखेले बताए ।

व्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष एकल र पुरुष डबलतर्फ प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु २५ हजार, तृतीय पुरस्कार रु १५ हजार, सान्त्वना पुरस्कार रु १५ हजार रहेको छ । महिला एकल तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको छ । यस्तै बि लेभल पुरुष डबल र भेन्ट्ररान्स ४५ प्लसतर्फ प्रथम पुरस्कार रु ३० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ९ : १३ बजे

टोखा-छहरे सडक राति बन्द हुने

त्रिशूली । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवसको नारा तय

काठमाडौं । सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का