२९ मंसिर २०८२, सोमबार | December 16, 2025

देवदहमा १२ गतेदेखि प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता हुने



देवदह । रुपन्देहीको देवदह नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता आयोजना हुने भएको छ । देवदह-७ मा अवस्थित देवदह माविको खेल मौदानमा माघ १२ गतेदेखि १४ गतेसम्म ३ दिन सञ्चालन हुने प्रतियोगितामा नगरपालिका २५ वटा विद्यालयको सहभागिता रहने छ ।

प्रतियोगिता स्थलको अवलोकन गर्दै नगर प्रमुख ध्रुब प्रसाद खरेलले खेलकूदको माध्यमबाट देवदहलाई नयाँ पहिचान दिलाउन अहिलेको प्रतियोगिता महत्वपूर्ण रहने उल्लेख गरे ।

प्रतियोगिताको व्यवस्थापन तथा निर्देशन समिति समेत रहेका खरेलले नगरमा पहिलो पटक राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएकाले विद्यार्थी, अभिभावक, शिक्षक तथा खेलप्रेमीहरुमा नयाँ उत्साह सिर्जना भएको दाबी गरे ।

प्रतियोगितामा विभिन्न इभेन्टमा गरी सामुदायिकतर्फ १५ तथा संस्थागततर्फ १० गरी २५ विद्यालयका ९९८ जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

छात्र/छात्रा भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्ट्स गरी ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने सापकोटाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि देवदह नगरपालिकाले १० लाख रकम वार्षिक बजेटमै विनियोजन गरेको छ भने संघीय सरकारबाट १ लाख रुपैयाँ अनुदान प्राप्त भएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिइन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १३ लाख ५० हजार खर्च अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न लाग्ने अपुग रकम नगरपालिकाको श्रोतबाट नै व्यवस्था गरिने उनले जानकारी दिइन् ।

देवदह माविका अध्यक्ष सुरज खरेलले प्रतियोगिताले विद्यालयको खेलकूद पूर्वाधार विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने बताए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ८ : २३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको