३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीलाई ७ विकेटले पराजित गर्दै एपीएफ विजयी



भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कप्तान रोहितकुमार पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको ५ विकेटको मद्दतमा नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ । एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जितका लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२ ओभर ३ बलमा ३ विकेटको नोक्सानी सहज जित निकाल्यो । जितसँगै एपीएफ ६ खेलमा ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । एपीएफका लागि कप्तान रोहितकुमार पौडेलले ४८ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे । रोहितले यसअघि आर्मीविरुद्ध पनि अर्धशतक बनाएका थिए । पछिल्लो ५ मध्ये ४ खेलमा उनले अर्धशतक बनाएका छन् ।

यस्तै, एपीएफका पुरण विक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा नटआउट रहे भने अमरसिंह रौतेलाले २ बलमा विजयी छक्कासहित ८ रन जोडे । एपीएफले ओपनर लोकेश बमलाई पाँचौ ओभरको पहिलो बलमा गुमाएको थियो । १४ बलमा २ चौका र १ छक्कासहित उनले १६ रन जोडे । अर्का ओपनर प्रज्वल शाही १५ बलमा १ चौकासहित ५ रनमा आउट भए । बलिङमा लुम्बिनीका मोहमद हुसेन, कृष्ण कार्की र इकलाख अहमदले समान १–१ विकेट लिए ।

यसअघि बायाँ हाते स्पिनर रमेश कुर्मीले ५ विकेट लिएपछि एपीएफले लुम्बिनी प्रदेशलाई १ सय ३३ रनको सामान्य योगफलमा अलआउट गर्न सफल भएको थियो । टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा अलआउट भएको थियो । राम्रो सुरुवात गरेको लुम्बिनीको इनिङलाई एपीएफका रमेश कुर्मीले धरासायी बनाए । उनले लगातार मध्यक्रमको विकेट लिँदै ठूलो स्कोर बन्न दिएनन् ।

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ४२ बलमा ५ चौका प्रहार गरेर नटआउट रहे । ओपनर मिर्नाल गुरुङले ३४, विराट भण्डारीले २३, प्रज्वल थापाले ११ रन बनाए पनि पछिल्ला क्रमका तीन ब्याटर नर सार्की, अभिषेक गौतम र अजय चौहानले खाता खोल्न सकेनन् । एपीएफका लागि रमेशले १० ओभरमा २ मेर्डनसहित २९ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ३ तथा रोहितकुमार पौडेल र मौसम ढकालले समान १–१ विकेट हात पारे । रमेश कुर्मी प्लेयर अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : १५ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको