३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रधानमन्त्री कप क्रिकेट : कर्णाली र नेपाल पुलिस बीच भिडन्त हुने



काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक मात्र खेल हुँदैछन् । आज एक मात्र खेल टियु मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ८ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा झरेको छ ।

त्यस्तै एपीएफ ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित सातौं स्थानमा झरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ६ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ५ खेलमा एक जित र ३ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ०७ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको