१२ श्रावण २०८१, शनिबार | July 27, 2024

यु-१९ विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुआत



काठमाडौं । आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले दुई ओभरमा दुई विकेट लिएको छ । नेपालका लागि गुल्सन झा र आकाश चन्दले समान एक÷एक विकेट लिए । नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा गुल्सनले खेलको पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई आउट गराए । त्यस्तै आकाशले दोस्रो ओभरको तेस्रो बलमा अफगानिस्ताका खालिद तानिवालाई आउट गराए ।

नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाल आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘डी’को पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको पराजित भएको थियो ।

अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्यूजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : ४० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान