१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई पराजित गर्दै पुलिस विजयी



काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यो जितसँगै पुलिसले ६ खेलमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता सात खेल खेलको कर्णाली प्रदेश तीन खेलमा जित तथा चौथो खेलमा हार बेहोर्दै ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।

कर्णालीले प्रस्तुत गरेको एक सय ७२ रनको लक्ष्य पुलिसले २३ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसका लागि दिलीप नाथले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६२ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ७५ रन बनाएका हुन् । यसैगरी, कुशल भुर्तेलले ४३ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कर्णालीका लागि प्रकाश जैसीले दुई विकेट लिए भने दिवान पुन र दीपेन्द्र रावतले समान एकरएक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनले एक सय सात बलमा ६ चौकाको मद्दतले ५० रन बनाएका हुन् । यसैगरी कप्तान रवीन्द्र शाहीले ४०, अर्जुन घर्तीले २३ तथा दिवान पुनले २० रन बनाए ।

पुलिसका लागि सागर ढकालले तीन विकेट लिँदा ललित भण्डारीले दुई तथा दीपेन्द्रसिंह ऐरी, ललितनाराण राजवंशी र कुशल भुर्तेलले समान एकरएक विकेट लिएका थिए ।
(((

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ३२ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता