८ कार्तिक २०८३, आइतबार | October 26, 2026

गठबन्धनले कोशीमा ‘फ्लोर क्रस’ गर्नेलाई कारबाही गर्ने



काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार सम्पन्न राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन्। विपक्षी गठबन्धनभन्दा धेरै मतभार हुँदा माओवादी उम्मेदवार कार्की पराजित बनेकी थिइन्।

यससँगै कोशी प्रदेशका माओवादी नेताहरूले कांग्रेसले बेइमानी गरेको बताउँदै आएका छन्। कांग्रेसकै कारण माओवादीले कोशीमा लगातार क्षति सहनुपरेको भन्दै सहकार्य तोड्ने चेतावनीसमेत दिएपछि शुक्रबार विराटनगरस्थित कांग्रेस प्रदेश कार्यालयमा बसेको गठबन्धनका प्रदेश नेताहरूको बैठकले चुनावमा ‘फ्लोर क्रस’ गर्ने कार्यलाई गैरजिम्मेवार र निकृष्ट कार्य भन्दै फ्लोर क्रस गर्नेहरूबारे छानबिन गरेर कारबाही गर्ने निर्णय गरेको छ।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरूले मत क्रस गर्नेलाई कारबाही गरेर गठबन्धन बलियो पार्ने बताएका छन्।नेपाली कांग्रेस दलका नेता उद्धव थापा, माओवादी नेता इन्द्र आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्र राई र जसपाकी नेता निर्मला लिम्बुले विज्ञप्तीमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ४२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको