१ आश्विन २०८३, बिहिबार | September 17, 2026

एनआरएनएद्वारा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहकाबीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिन राईमार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनालाई बस हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष डा. केसीले ५० लाख भन्दा बढी नेपालीहरु विभिन्न बाध्यताले विदेशिन परेको बताए । उनले विदेशबाट दैनिक जस्तो १० देखि १२ जनाको शव नेपाल आउने गरेको प्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघले विदेशमा रहेका श्रमिकहरुको हितमा काम गर्दै आएको बताए। उनले संघले विगत दुई दशकमा १ खर्बको लगानी र १ अर्ब बराबारको परोपकारी काम गरेको जानकारी दिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कलरुद्दिन राईले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेको प्रति खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रमण कुमार पोखरेल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रसिंह ऐर लगायत स्थानीय सरकारी अधिकारीहरुको उपस्थिति थियो । यस्तै, गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा, ओशिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकाहरु टिबी कार्की, भैरव ढकाल, भवानी ओली विधान संशोधन समितिका संयोजक, सत्यनारायण झा एनआरएनए माल्टा उपाध्यक्ष, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र, एनआरएन अभियान्ता तिर्थ भट्टराई लगायतको विशेष उपस्थिति थियो ।

सातै प्रदेशमा मोबाईल ब्लड बस सेवा संचालन गर्ने नीति अनुरुप गैरआवासीय नेपाली संघले यसअघि कोशी प्रदेश, मधेश प्रदेश, बागमती र शुदुरपश्चिम प्रदेश लगायतमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो । यस कार्यकालमा बाकी प्रदेशमा दिने योजना रहेको छ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : २४ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको