२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

मानवताभन्दा ठूलो धर्म केही छैन : मुख्यमन्त्री चौधरी



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मानवताभन्दा ठूलो धर्म केही नहुने बताए ।

मानव सेवा आश्रम दाङको भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आजदेखि तुलसीपुरमा सुरु भएको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको उदघाटन गर्दै उनले सडकपेटीमा बस्दै आएका व्यक्तिहरुको सहयोगका लागि काम गर्दै आश्रमका लागि प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री चौधरीले केही वर्षअघि आफूले आफ्नै वडामा रहेको मानव सेवा आश्रमलाई अवलोकन गर्ने अवसर प्राप्त भएको र सोही अवसरमा आश्रम निर्माणका लागि सहयोग गर्ने बचन दिएको बताए । उनले केही समयअघि हेडौँटामा भएको सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा सबै प्रदेशमा मानव सेवा आश्रम भवन निर्माणका विषयमा छलफल भएको बताए ।

मानवता प्रवर्द्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेश सरकारले सोहीअनुसार बजेट विनियोजन गरेको उनले बताए । मुख्यमन्त्री चौधरीले आजको जनसागरले मानव सेवा आश्रमको अभियानमा लाग्न सबैलाई प्रेरणा मिलेको बताए ।

उनले प्रदेश सरकारले आश्रमको निर्माणका लागि बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने महायज्ञबाट रु पाँच करोड आर्थिक सङ्कलन गरिने लक्ष्य आयोजकले लिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : ०३ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित