१६ बैशाख २०८३, बुधबार | April 30, 2026

तिलोत्तमामा सडक पार गर्न अब यात्रु आफैले स्वीच थिचेर ट्राफिक लाइट बाल्न सक्ने



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि जडान गरिएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजबाट सुचारु गरिएको हो ।

‘पेलिकन क्रसिङ’ ट्राफिक लाईटको आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले संयुक्त रुपमा बटन थिचेर उदघाटन गरे । उदघाटनका क्रममा उनीहरुले स्वीच थिचेर उदघाटन गरेपछि सवारी रोकिएसँगै सडक पार गरेका थिए ।

हाल तिलोत्तमाको कोटिहवा, ड्राइभरटोल, भलवारी, र मणिग्राम गरि विभिन्न चोकहरुमा ट्राफिक लाइट जडान छन् । धेरै दुर्घटना हुने क्षेत्र भएकै कारण शान्तिकुञ्ज चोकको मुख्य सडकमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको जडान गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताए ।

दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले पैदलयात्रुलाई बिशेष ध्यानमा राखी सो प्रबिधि जडान गरिएको उनले बताए ।

सो अवसरमा बोल्दै नगरउपप्रमुख जगेश्वर देवी चौधरीले नगरको समग्र बिकासका लागि प्रविधिले पनि धेरै प्रभाव पार्ने हुँदा प्रविधिको बिकास संगै भौतिक र मानवीय बिकासलाई जोड दिइएको र फलस्वरूप सेल्फ क्रसिंग प्रबिधि राखिएको उनले बताइन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक बजिर सिंह बिस्टले ट्राफिक नियमको पालना गरि सवारी चलाएमा दुर्घटना बाट जोगिने उल्लेख गरे।

ुजडान भएको ‘पेलिकन क्रसिङ’ मा पैदलयात्रुले स्वीच थिचेको ३ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन् अनि पारीपट्टी यात्रुलाई बाटो काट्ने हरियो मानिसको सिग्नल आएपछि यात्रुले बाटो पार गर्छन् । त्यसको केहीबेरमा हाइवेमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ प्रहरी निरिक्षक बिस्टले भने ।

सो अवसरमा प्रविधिको बारेमा बोल्दै क्यु सेरा मल्टिप्रपोजका बिबेक श्रेष्ठले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताए। उनले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको बताए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : २३ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात