३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै



काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । आज कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब तथा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

कर्णाली र त्रिभुवन आर्मीबीचको खेल काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा ७ खेलबाट ६ अंक जोडेको कर्णाली प्रदेश तालिकाको सातौँ स्थानमा छ । ६ खेलबाट ८ अंक बनाएको आर्मी चौथो स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदान लुम्बिनी प्रदेश र मधेश प्रदेश भिड्ने छन् । प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी प्रदेश २ अंक जोडेर तालिकाको नवौँ स्थानमा रहँदा कर्णाली प्रदेश ८ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

अहिलेसम्मका खेलमा नेपाली पुलिस क्लब ६ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा रहँदा ९ खेल खेलेको बागमती १२ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै, आफ्ना ८ वटै खेलमा हार बेहोरेको कोशी प्रदेश अंकविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ५९ बजे

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल

रवि लामिछानेद्वारा मन्त्री र सांसदहरूसँग छलफल, प्रधानमन्त्री बालेन्द्र अनुपस्थित

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं ।वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार

राष्ट्र बैंकले ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु