२ पुस २०८२, बुधबार | December 18, 2025

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै



काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । आज कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब तथा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

कर्णाली र त्रिभुवन आर्मीबीचको खेल काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा ७ खेलबाट ६ अंक जोडेको कर्णाली प्रदेश तालिकाको सातौँ स्थानमा छ । ६ खेलबाट ८ अंक बनाएको आर्मी चौथो स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदान लुम्बिनी प्रदेश र मधेश प्रदेश भिड्ने छन् । प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी प्रदेश २ अंक जोडेर तालिकाको नवौँ स्थानमा रहँदा कर्णाली प्रदेश ८ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

अहिलेसम्मका खेलमा नेपाली पुलिस क्लब ६ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा रहँदा ९ खेल खेलेको बागमती १२ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै, आफ्ना ८ वटै खेलमा हार बेहोरेको कोशी प्रदेश अंकविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ५९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल