७ आश्विन २०८३, बुधबार | September 23, 2026

उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको भनाइ



सोल । उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्ड नजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले आइतबार बताएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणहरूको सिलसिला बढेको छ र यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको छ ।

प्रक्षेपणहरू गत साता उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र परीक्षणहरूको अर्को चरण र जनवरी १४ मा मुलुकको पहिलो ठोस-इन्धन मध्यमदूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणपछि गरिएको हो । यी परीक्षणहरूले उत्तर कोरियाका नेता किम जोङ उनको दक्षिण कोरिया र जापानमा क्षेप्यास्त्र प्रतिरक्षा तथा गुआमसहित प्रशान्त क्षेत्रमा टाढाको अमेरिकी लक्ष्यहरूलाई प्रभावित गर्नका लागि डिजाइन गरिएको हतियारहरूको विस्तार गर्ने प्रयासलाई प्रतिविम्बित गर्दछन् ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाली बन्दरगाह सिनापो नजिक पानीमाथि क्षेप्यास्त्रहरू पत्ता लगाएका छन् । त्यहाँ उत्तर कोरियाको क्षेप्यास्त्र-प्रहार पनडुब्बीसहित प्रमुख नौसैनिक जहाजहरूको निर्माण गर्ने प्रमुख शिपयार्ड छ ।

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रहरूको सङ्ख्या, कति टाढा उडेका थिए र जमीन वा नौसैनिक सम्पत्तिहरूबाट प्रक्षेपण गरिएको थियो वा थिएन भन्नेबारे दक्षिण कोरियाको सेनाले तत्काल विशिष्ट प्रक्षेपणको विवरण दिएको छैन ।

किमले आफ्ना हतियारहरूको विकासमा तीव्रता दिइरहेको र उनले एसियाली सहयोगीहरूसँग आणविक द्वन्द्वको उत्तेजक धम्कीहरू जारी गरिरहनुभएकाले हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।

यसको जवाफमा अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यासको विस्तार गर्दै आएका छन् । यसलाई किमले आक्रमणको पूर्वाभ्यासका रूपमा चित्रण गरेका छन र आणविकसक्षम अमेरिकी सम्पत्तिहरू वरपर निर्मित प्रतिरोध रणनीतिहरूलाई तीव्रता दिइरहेका छन ।

गत साता आफ्नो प्रक्षेपणमा पुलह्वासल-३-३१ नामक नयाँ क्रुज मिसाइल समावेश गरेको र आफ्नो सेनाको विकास गर्ने नियमित हिस्सा भएको उत्तर कोरियाले बताएको छ । उसले उक्त क्षेप्यास्त्रलाई ‘रणनीतिक’ भने । यसले आणविक हतियारहरूले सशस्त्र बनाउने सम्भावित उद्देश्यलाई सङ्केत गर्दछ ।

उत्तर कोरियाको क्रुज क्षेप्यास्त्रहरू मुलुकको ब्यालेस्टिक क्षेप्यास्त्रहरूको विशाल लाइनअपको पूरक हो जसमा अमेरिकी मुख्य भूमिसम्म पुग्नका लागि डिजाइन गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पनि समावेश छन् ।

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धअन्तर्गत उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र गतिविधिहरूमाथि प्रत्यक्षरूपमा प्रतिबन्ध नभए पनि विशेषज्ञहरूले यी हतियारले सम्भावितरूपमा दक्षिण कोरिया र जापानका लागि गम्भीर खतरा उत्पन्न गर्नसक्ने बताएका छन् । तिनीहरूलाई साना हवाईजहाज जस्तै उड्ने गरी डिजाइन गरिएको छ र राडारहरूले पत्ता लगाउन कठिन हुनसक्ने परिदृश्यमा यिनीहरू उड्छन् ।

उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्रहरू कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ । उत्तर कोरियाले आफ्ना हतियार आणविकसक्षम रहेको र तिनीहरूको दायरा दुई हजार किलोमिटरसम्म रहेको दाबी गरेको छ । दुई हजार किलोमिटरको दूरी भनेको जापानमा अमेरिकी सैन्य अड्डासम्मको हो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : ३० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११