२९ भदौ २०८३, सोमबार | September 15, 2026

अपाङ्गता महिला संघ रुपन्देहीमा पुनः ढकाल



बुटवल । अपाङ्गता महिला संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः कल्पना ढकाल चयन भएकी छिन् । बुटवल १२ तामनगरमा भएको साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्ष मैया लम्साल, सचिवमा शुसिला बिसी, सह सचिवमा चिता राना, कोषाध्यक्षमा दुर्गा पौडेल चयन भएका हुन ।

नयाँ गठन गरिएको समितिको सदस्यहरुमा सुवि गुरुङ्ग, मिना चौधरी, पुन्यवती ज्ञवाली चयन भएका हुन । अपाङ्गता महिला संघको साधारण सभा पुर्व सामाजिक परिक्षण समेत गरिएको थियो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले अपाङ्गताको क्षेत्रमा बुटवल उपमहानगरपालिकाले प्रथमिकता निर्धारण गरी काम गर्दै आएको बताएकी थिईन ।

उनले अपाङ्गताको सवालमा अपाङ्गता परिचय पत्र प्रदान गर्ने, उनीहरुको हक हित स्थापनामा समेत बुटवल उपमहानगरपालिकाले लामो समयदेखि काम गर्दै आएको बताएकी थिई । अपाङ्गताको क्षेत्रमा आफु जहिले पनि सकारात्मक रहेको भन्दै उनले आगामी दिनमा पनि अपाङ्गता भएका समुदाय त्यसमा पनि महिलाहरुको लागि भने अझ बढि प्रथमिकता दिएर काम गर्ने बताएकी थिईन ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गताको क्षेत्रमा स्थानीय पालिकाहरुले योजना बद्ध रुपमा विकास गर्न आवश्यक रहेको बताएका थिए । उनले अपाङ्गताको क्षेत्रको विकास, पैरवी तथा क्षमता अभिवृद्धिका लागि गर्दै आएको भन्दै उनले अपाङ्गता समुदायको हक अधिकारको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल तयार रहेको बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य रमा पौडेल पराजुली, बुटवल उपमहानगरपालिका नगर कार्यपालिका सदस्य बसन्ति बिक, संस्थाका सल्लाहकार बबिता आचार्य, सामाजिक परिक्षक ईन्दिरा अर्याल, सैनामैना नगरपालिका कार्यपालिका सदस्य मनकुमारी राई, ईन्सेक रुपन्देही प्रतिनिधी रिमा बिसी संस्थाका पूर्व सचिव पार्वती न्यौपाने लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : १४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ