१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अपाङ्गता महिला संघ रुपन्देहीमा पुनः ढकाल



बुटवल । अपाङ्गता महिला संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः कल्पना ढकाल चयन भएकी छिन् । बुटवल १२ तामनगरमा भएको साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्ष मैया लम्साल, सचिवमा शुसिला बिसी, सह सचिवमा चिता राना, कोषाध्यक्षमा दुर्गा पौडेल चयन भएका हुन ।

नयाँ गठन गरिएको समितिको सदस्यहरुमा सुवि गुरुङ्ग, मिना चौधरी, पुन्यवती ज्ञवाली चयन भएका हुन । अपाङ्गता महिला संघको साधारण सभा पुर्व सामाजिक परिक्षण समेत गरिएको थियो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले अपाङ्गताको क्षेत्रमा बुटवल उपमहानगरपालिकाले प्रथमिकता निर्धारण गरी काम गर्दै आएको बताएकी थिईन ।

उनले अपाङ्गताको सवालमा अपाङ्गता परिचय पत्र प्रदान गर्ने, उनीहरुको हक हित स्थापनामा समेत बुटवल उपमहानगरपालिकाले लामो समयदेखि काम गर्दै आएको बताएकी थिई । अपाङ्गताको क्षेत्रमा आफु जहिले पनि सकारात्मक रहेको भन्दै उनले आगामी दिनमा पनि अपाङ्गता भएका समुदाय त्यसमा पनि महिलाहरुको लागि भने अझ बढि प्रथमिकता दिएर काम गर्ने बताएकी थिईन ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गताको क्षेत्रमा स्थानीय पालिकाहरुले योजना बद्ध रुपमा विकास गर्न आवश्यक रहेको बताएका थिए । उनले अपाङ्गताको क्षेत्रको विकास, पैरवी तथा क्षमता अभिवृद्धिका लागि गर्दै आएको भन्दै उनले अपाङ्गता समुदायको हक अधिकारको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल तयार रहेको बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य रमा पौडेल पराजुली, बुटवल उपमहानगरपालिका नगर कार्यपालिका सदस्य बसन्ति बिक, संस्थाका सल्लाहकार बबिता आचार्य, सामाजिक परिक्षक ईन्दिरा अर्याल, सैनामैना नगरपालिका कार्यपालिका सदस्य मनकुमारी राई, ईन्सेक रुपन्देही प्रतिनिधी रिमा बिसी संस्थाका पूर्व सचिव पार्वती न्यौपाने लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : १४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान