२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एसिडपीडितको पीडा सबैको पीडा : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिडपीडितको पीडा सबैको साझा पीडा भएको बताएका छन् ।

यहाँ आज एसिड आक्रमणबाट पीडित किशोरीको पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’ को शुभमुहूर्त कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई एसिड आक्रमणरहित देश बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई कडा सजाय दिनुपर्ने बताए । उनले जो कोहीले पनि सजिलै एसिड किन्न सक्ने रहेको र त्यसलाई रोक्नुपर्ने बताए ।

“एसिडको उपलब्धता नै हुनुहुँदैन, कसले एसिड किनेको हो, के प्रयोजनका लागि किनेको हो, कति मात्रामा किनेको हो, किनेको मात्रा प्रयोग भयो कि भएन, बाँकी रह्यो भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध व्यवस्थित र कडाइ गरेरमात्र बिक्री वितरण गर्नुपर्छ,” उनले भने, “एसिड आवश्यक परेकालाई उपलब्ध गराउने खालको परिपाटी विकास गर्नुपर्छ, जोसुकैले जहाँसुकै एसिड प्राप्त गर्न नसक्ने व्यवस्था गर्नुपर्छ ।”

अध्यक्ष ओलीले एसिडपीडितका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर नै छलफल गर्ने बताए ।

पीडित मुस्कान खातुनले चलचित्रबाट प्रेरणा मिलेको भन्दै यस्तो जघन्य अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने बताइन् । तेजाव आक्रमण घटनाका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको भन्दै उनले कठोर कानुन ल्याउन आवश्यक रहेको बताइन् ।

चलचित्रका निर्माता अभिनेता रमित ढुङ्गानाले एसिडपीडितका वास्तविक पीडालाई चलचित्रमा देखाइने बताए । कार्यक्रममा सांसद ज्ञानबहादुर शाही र सुनिता बरालले संसद्मा एसिडपीडितको पक्षमा कुरा उठाउने बताए । नायक धिरेन शाक्यले सत्य घटनामा आधारित चलचित्र बन्न लागेकामा खुसी व्यक्त गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : १३ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव