११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

बुटवलको केएनआईटीमा अध्ययनरत सात विद्यार्थीले २० दिनमै बनाए ‘कम्प्रेसर मेसिन’



बुटवल । अवसर र शिक्षा पाए नेपाली किशोरहरुले पनि केही गर्न सक्छन् भन्ने पछिल्लो उदाहरण बन्दै गएको छ रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ तामनगरमा रहेको कोरिया-नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईटी) । केएनआईटीमा अध्ययनरत विद्यार्थीहरूले ‘कम्प्रेसर मेसिन’ बनाएर आफ्नो दक्षताको उदाहरण पेश परेका हुन् ।

शिक्षालयको मेकानिकल ईन्जिनियरिङ्गको छैठौ समेष्टरमा अध्ययनरत ७ जना विद्यार्थीको समूहले नकुहिने वस्तुलाई ‘कम्प्रेस’ गरेर साइज घटाउने मेसिन तयार पारेका छन् । विद्यार्थीहरु विनोद पौडेल, अनुप घिमिरे, सम्राट बस्याल, सुवास पुरी, मनिस थारु, अमुल भट्टराई र शुसिल चौधरीको समुहले कम्प्रेसर मेसिन बनाएका हुन् ।

उनीहरुले मसिन बनाएका मात्र छैनन्, बनाउँदा बनाउँदै उनीहरुले बनाएको मसिनको माग पनि आइसकेको छ । सन्धिखर्क नगरपालिकाले आफ्नो फोहर मैला व्यवस्थापन केन्द्रको लागि विद्यार्थीले तयार पारेको कम्प्रेसर मेसिन प्रयोग गर्न अर्डर र्दिसकेको छ । यसअघि उनीहरुले बनाएको टपरी बनाउने मेसिनको पोजेक्ट सफल भएपछि कम्प्रेसर मेसिन मेसिन बनाउन थालेको विद्यार्थी अनुप घिमिरेले बताए ।

विद्यार्थीहरुले बनाएको कम्प्रेसर मेसिन करिब ११ लाख ५० हजार लागतमा १५० टन क्षमताको छ । यस अघि नेपालका बिभिन्न निकायले कम्प्रेसर मेसिन भारतबाट खरिद गर्दा २५ देखि ३० लाखसम्म लागत लाग्ने गरेको थियो ।

कम्प्रेसर मेसिन पालिकाहरूलाई फोहोर व्यवस्थापनमा बढी उपयोगी हुने भएकाले बिभिन्न पालिकाहरूसँग शिक्षालयले कुरा पनि चलाइरहेको छ । पालिकाहरूले मेसिनको माग गरेमा थप मेसिन निर्माण गरेर उपलब्ध गराउन सकिने शिक्षालयले जनाएको छ ।

शिक्षालयको मेकानिकल डिर्पामेन्टले विद्यार्थीहरुको कम्प्रेसर मेसिनको अबिस्कार परिक्षणको रुपमा नेपालकै ठूलो आविष्कार भएको दाबी समेत गरेको छ ।

कलेजमा अध्ययनरत मेकानिकल ईन्जिनीयरिङ्गको छैटौ सेमेष्टरका विद्यार्थी आजभोली यसैगरी विभिन्न उपकरणको अनुसन्धानमा व्यस्त हुने गर्दछन् । मेकानिकल ल्यावमा विद्यार्थीहरूहरूलाई ५ वटा समूहमा विभाजन गरिएका छ । समुह विभाजन पश्चात उनीहरूले निर्माण गर्ने उपकरणको विषयमा प्रस्तावना पास गरेपछि सोही अनुसार यन्त्र तथा उपकरण शिक्षालयले उपलब्ध गराउँदै आएको छ । अन्य सामानको लागत, खरिद, कच्चा पदार्थको प्रयोग, बजार मुल्य, उत्पापदन पछिको बजार भाउ लगायतको विषयमा विद्यार्थीहरूले सम्पूर्ण प्रतिवेदन तयार पारेर अनुसन्धानलाई अघि बढाउने गरेका छन् ।

विद्यार्थीहरुले यो भन्दा पहिला टपरी बनाउने मेसिन ६ वटा भन्दा बढि उत्पादन एकाईको लगानीबाट निर्माण गरी बिक्री समेत गरिएको उनीहरुले बताए । बिक्री गरिएको उपकरणको निश्चित प्रतिशत नाफा विद्यार्थीहरूले पाउने गरेका छन् ।

शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुले कम्प्रेसर बाहेक अन्य ५ नयाँ उपकरण निर्माणको कामलाई पनि अन्तिम रुप दिने तयारीमा छन् । उनीहरुले हातले घुमाएर मौरीको मह चाकाबाट निकाल्ने मेशिन ‘हनी सेप्रेटर’, आँटा गुन्नेदेखि रोटी पकाउनेसम्मका काम एकैपटक गर्न मिल्ने अटोमेटिक ‘रोटी मेकर’, ‘आईसक्रिम रोलर’, कुनै विद्युत वा उर्जा विना प्रयोग गर्न मिल्ने उखु पेल्ने मेसिन ‘सुगर क्यान जुसरी’ तथा हात र खुट्टाको सहायतले कम्प्रेस गरेर इट्टा तथा ब्लक बनाउन मिल्ने ‘मेनुअल ब्रिक मेसिन’ परिक्षणको अवस्थामा पुगेको छ ।

यसरी प्राविधिक शिक्षामा विद्यार्थीलाई दक्ष बनाउँदै आएको शिक्षालयमा हाल करिब १ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षालयबाट हजार बढी विद्यार्थीले उत्तिर्ण गर्दै स्वरोजगार तथा रोजगारका लागि विभिन्न देशमा पुग्ने गरेको शिक्षालष्को दाबी छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ११ : ४४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान