३ भदौ २०८३, बुधबार | August 19, 2026

बुटवलको केएनआईटीमा अध्ययनरत सात विद्यार्थीले २० दिनमै बनाए ‘कम्प्रेसर मेसिन’



बुटवल । अवसर र शिक्षा पाए नेपाली किशोरहरुले पनि केही गर्न सक्छन् भन्ने पछिल्लो उदाहरण बन्दै गएको छ रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ तामनगरमा रहेको कोरिया-नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईटी) । केएनआईटीमा अध्ययनरत विद्यार्थीहरूले ‘कम्प्रेसर मेसिन’ बनाएर आफ्नो दक्षताको उदाहरण पेश परेका हुन् ।

शिक्षालयको मेकानिकल ईन्जिनियरिङ्गको छैठौ समेष्टरमा अध्ययनरत ७ जना विद्यार्थीको समूहले नकुहिने वस्तुलाई ‘कम्प्रेस’ गरेर साइज घटाउने मेसिन तयार पारेका छन् । विद्यार्थीहरु विनोद पौडेल, अनुप घिमिरे, सम्राट बस्याल, सुवास पुरी, मनिस थारु, अमुल भट्टराई र शुसिल चौधरीको समुहले कम्प्रेसर मेसिन बनाएका हुन् ।

उनीहरुले मसिन बनाएका मात्र छैनन्, बनाउँदा बनाउँदै उनीहरुले बनाएको मसिनको माग पनि आइसकेको छ । सन्धिखर्क नगरपालिकाले आफ्नो फोहर मैला व्यवस्थापन केन्द्रको लागि विद्यार्थीले तयार पारेको कम्प्रेसर मेसिन प्रयोग गर्न अर्डर र्दिसकेको छ । यसअघि उनीहरुले बनाएको टपरी बनाउने मेसिनको पोजेक्ट सफल भएपछि कम्प्रेसर मेसिन मेसिन बनाउन थालेको विद्यार्थी अनुप घिमिरेले बताए ।

विद्यार्थीहरुले बनाएको कम्प्रेसर मेसिन करिब ११ लाख ५० हजार लागतमा १५० टन क्षमताको छ । यस अघि नेपालका बिभिन्न निकायले कम्प्रेसर मेसिन भारतबाट खरिद गर्दा २५ देखि ३० लाखसम्म लागत लाग्ने गरेको थियो ।

कम्प्रेसर मेसिन पालिकाहरूलाई फोहोर व्यवस्थापनमा बढी उपयोगी हुने भएकाले बिभिन्न पालिकाहरूसँग शिक्षालयले कुरा पनि चलाइरहेको छ । पालिकाहरूले मेसिनको माग गरेमा थप मेसिन निर्माण गरेर उपलब्ध गराउन सकिने शिक्षालयले जनाएको छ ।

शिक्षालयको मेकानिकल डिर्पामेन्टले विद्यार्थीहरुको कम्प्रेसर मेसिनको अबिस्कार परिक्षणको रुपमा नेपालकै ठूलो आविष्कार भएको दाबी समेत गरेको छ ।

कलेजमा अध्ययनरत मेकानिकल ईन्जिनीयरिङ्गको छैटौ सेमेष्टरका विद्यार्थी आजभोली यसैगरी विभिन्न उपकरणको अनुसन्धानमा व्यस्त हुने गर्दछन् । मेकानिकल ल्यावमा विद्यार्थीहरूहरूलाई ५ वटा समूहमा विभाजन गरिएका छ । समुह विभाजन पश्चात उनीहरूले निर्माण गर्ने उपकरणको विषयमा प्रस्तावना पास गरेपछि सोही अनुसार यन्त्र तथा उपकरण शिक्षालयले उपलब्ध गराउँदै आएको छ । अन्य सामानको लागत, खरिद, कच्चा पदार्थको प्रयोग, बजार मुल्य, उत्पापदन पछिको बजार भाउ लगायतको विषयमा विद्यार्थीहरूले सम्पूर्ण प्रतिवेदन तयार पारेर अनुसन्धानलाई अघि बढाउने गरेका छन् ।

विद्यार्थीहरुले यो भन्दा पहिला टपरी बनाउने मेसिन ६ वटा भन्दा बढि उत्पादन एकाईको लगानीबाट निर्माण गरी बिक्री समेत गरिएको उनीहरुले बताए । बिक्री गरिएको उपकरणको निश्चित प्रतिशत नाफा विद्यार्थीहरूले पाउने गरेका छन् ।

शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुले कम्प्रेसर बाहेक अन्य ५ नयाँ उपकरण निर्माणको कामलाई पनि अन्तिम रुप दिने तयारीमा छन् । उनीहरुले हातले घुमाएर मौरीको मह चाकाबाट निकाल्ने मेशिन ‘हनी सेप्रेटर’, आँटा गुन्नेदेखि रोटी पकाउनेसम्मका काम एकैपटक गर्न मिल्ने अटोमेटिक ‘रोटी मेकर’, ‘आईसक्रिम रोलर’, कुनै विद्युत वा उर्जा विना प्रयोग गर्न मिल्ने उखु पेल्ने मेसिन ‘सुगर क्यान जुसरी’ तथा हात र खुट्टाको सहायतले कम्प्रेस गरेर इट्टा तथा ब्लक बनाउन मिल्ने ‘मेनुअल ब्रिक मेसिन’ परिक्षणको अवस्थामा पुगेको छ ।

यसरी प्राविधिक शिक्षामा विद्यार्थीलाई दक्ष बनाउँदै आएको शिक्षालयमा हाल करिब १ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षालयबाट हजार बढी विद्यार्थीले उत्तिर्ण गर्दै स्वरोजगार तथा रोजगारका लागि विभिन्न देशमा पुग्ने गरेको शिक्षालष्को दाबी छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ११ : ४४ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ